दादुराका बिरामीको संख्या ३०० प्रतिशतले बढ्याे
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ।
‘विश्वभरबाट सङ्कलित प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो’, डब्लुएचओले भनेको छ, ‘विगत दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढेको पाइएको थियो र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ।
डब्लुएचओको विज्ञप्तिमा भनिएको छ, ‘सङ्कलित तथ्याङ्क प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई सङ्केत गरेको छ। धेरै देशमा दादुराका बिरामी निकै ठूलो संख्यामा देखिएका छन्। विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ।’
याे वर्ष विश्वका १७० देशबाट सङ्कलित तथ्याङ्कमा एक लाख १२ हजार १६३ जनामा दादुरा पाइएको छ। गत वर्ष १६३ देशको तथ्याङ्कमा २८ हजार १२४ जनामा दादुरा देखिएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार दादुराविरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करिब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन्।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य