नेपाली सेनाले माग्याे ५० जना सैन्य मेडिकल
काठमाडौं : नेपाली सेनाले ५० जना सैन्य मेडिकल माग गरेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले मंगलबार सूचना प्रकाशन गरी आवेदन खुला गरेको हो।
मागिएका ५० मध्ये २७ जना खुलातर्फको हो। समावेशीतर्फ पाँच महिला, सात आदिवासी जनजाति, ६ मधेशी, तीन दलित एक पिछडिएको र एक शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका सैनिकका सन्तान माग गरिएको छ।
आवेदन दिनेहरूकाे औपचारिक याेग्यता कक्षा ८ ताेकिएकाे छ। ९ र १० उत्तीर्ण हुनेहरूले कक्षा ८ को प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने र एसईई वा सोभन्दा माथि उत्तीर्ण भएकाले कक्षा ८ को प्रमाणपत्र पेश गर्न नपर्ने बताइएको छ। यसैगरी मान्यताप्राप्त शिक्षणसंस्थाबाट सीएमए, एएनएम, एएएचडब्ल्यु, डेन्टल हाइजेनिस्ट, ल्याब असिस्टेन्ट, रेडियोग्राफीमा टी एसएलसी गरेको हुनुपर्ने उल्लेख छ।
जेठ २ गतेसम्म आवेदन दिन सकिने नेपाली सेनाद्वारा प्रकाशित सूचनामा उल्लेख छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?