मुगुकाे दुर्गम गाउँमा बन्याे अस्पताल
मुगु : मुगुमकार्मारोङ गाउँपालिका रिउस गाउँमा ६ शय्याको अस्पताल स्थापना भएको छ। छाया नेपालको आर्थिक सहयोग तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) को प्राविधिक सहयोगमा अस्पताल भवन निर्माण भएको हो।
छाया नेपालको ६५ लाख र गाउँपालिकाको ११ लाखको साझेदारीमा अस्पतालको निर्माण भएको हिरिसडेकले जनाएको छ। युनिसेफ नेपालको सहयोगमा अस्पतालमाआवश्यक पर्ने उपकरण, औजार, सौर्य उर्जा, शय्या व्यवस्थापन गरिएको छ।
अस्पताल सञ्चालनमा आएपछि करानका १४ गाउँका बासिन्दाले स्वास्थ्य सेवा पाउने भएका छन्। गर्भवती महिलालाई सहज विपन्नताका कारण नै समयमा जिल्ला औषधि उपचार गर्न लैजान नसक्दा धेरै गर्भवतीको मृत्यु भएको छ। गाउँपालिकाले केही दिनमा नै एमबीबीएस डाक्टर र सुरक्षित प्रसूति सेवाका लागि तालिम प्राप्त जनशक्ति व्यवस्थापन गर्ने जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण