Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा’ कार्यक्रम शुरू

‘ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा’ कार्यक्रम शुरू

काठमाडौं : सरकारले ‘ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा तथा खोलौँ बैंक खाता’ अभियान शुरु गरेको छ। ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ शुरु गरिएको अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गरे।

प्रधानमन्त्री ओलीले ७० वर्ष नाघेको ५५ जना ज्येष्ठ नागरिकलाई एक लाख बराबरको स्वास्थ्य बिमा प्रमाण पत्र प्रदान गरेर अभियान शुरु गरेका हुन्।

उनले केही वर्षभित्र नेपाल स्वस्थ र निरोगी हुने र अपवादमा मात्रै मान्छे बिरामी हुने बताए। ‘कुपोषणका कारण, आर्थिक अभावका कारण, जानकारीका अभावका कारण, शुद्ध र स्वस्थ खानेकुरा प्राप्त नगरेर अब कोही पनि बिरामी हुँदैनन्’, उनले भने।

कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुनै पनि नागरिकले पैसाको अभावमा उपचार पाउनबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेको बताए।

ज्येष्ठ नागरिकका लागि र एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा घोषणा गरिएको छ। नेपाल सरकारले बिमाको प्रिमियम तिर्नेछ। खाता खोल्नेहरूलाई बैंकले १०० रुपैयाँ जम्मा गरिदिने बताइएकाे छ। तर, बैंकले उपलब्ध गराउने एक सय रुपैयाँको मात्रै भर नपरी आफूले पनि १०० रुपैयाँ थपेर खाता खोल्न अर्थमन्त्री डा. युवराज खतिवडाले अनुरोध गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि