‘ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा’ कार्यक्रम शुरू
काठमाडौं : सरकारले ‘ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा तथा खोलौँ बैंक खाता’ अभियान शुरु गरेको छ। ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ शुरु गरिएको अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गरे।
प्रधानमन्त्री ओलीले ७० वर्ष नाघेको ५५ जना ज्येष्ठ नागरिकलाई एक लाख बराबरको स्वास्थ्य बिमा प्रमाण पत्र प्रदान गरेर अभियान शुरु गरेका हुन्।
उनले केही वर्षभित्र नेपाल स्वस्थ र निरोगी हुने र अपवादमा मात्रै मान्छे बिरामी हुने बताए। ‘कुपोषणका कारण, आर्थिक अभावका कारण, जानकारीका अभावका कारण, शुद्ध र स्वस्थ खानेकुरा प्राप्त नगरेर अब कोही पनि बिरामी हुँदैनन्’, उनले भने।
कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुनै पनि नागरिकले पैसाको अभावमा उपचार पाउनबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेको बताए।
ज्येष्ठ नागरिकका लागि र एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा घोषणा गरिएको छ। नेपाल सरकारले बिमाको प्रिमियम तिर्नेछ। खाता खोल्नेहरूलाई बैंकले १०० रुपैयाँ जम्मा गरिदिने बताइएकाे छ। तर, बैंकले उपलब्ध गराउने एक सय रुपैयाँको मात्रै भर नपरी आफूले पनि १०० रुपैयाँ थपेर खाता खोल्न अर्थमन्त्री डा. युवराज खतिवडाले अनुरोध गरे।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य