Health TV Online
Health TV Online

सरकारी चिकित्सकसँग सरकारले माग्यो १५ दिन, आन्दोलनका कार्यक्रम स्थगन

सरकारी चिकित्सकसँग सरकारले माग्यो १५ दिन, आन्दोलनका कार्यक्रम स्थगन

काठमाडौं : सरकारले माग सम्बोधन गर्न १५ दिनको समय मागेपछि सरकारी चिकित्सकको आन्दोलन फिर्ता हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार साँझ भएको वार्तामा सरकारले सरकारी चिकित्सकलाई १५ दिनसम्ममा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो।

सरकारले समस्या समाधानका लागि समय मागेकाले सरकारी अस्पताल बन्दको कार्यक्रम १५ दिनका लागि स्थगन गरिएको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले जानकारी दिए। यद्यपि यसको घोषणा भने आइतबार बस्ने भेलाले गर्ने उनले जनाए । योसँगै आइतदेखि देशभरका सरकारी अस्पतालमा सबै सेवा खुल्ने भएको छ।

कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै सरकारी चिकित्सकले गत शुक्रबारदेखि देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार