Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले पाए ‘उत्कृष्ट आर्टिकल अवार्ड’

मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले पाए ‘उत्कृष्ट आर्टिकल अवार्ड’

काठमाडौं : मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल उत्कृष्ट आर्टिकल अवार्ड २०१८ बाट सम्मानित भएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको जर्नलमा एक वर्षमा प्रकाशित हुने आर्टिकल मध्ये डा मूर्तिको आर्टिकल उत्कृष्ट बन्न सफल भएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलन समापन कार्यक्रममा उनलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अवार्ड प्रदान गरे ।

उक्त अवार्डको नाम ‘जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट आर्टिकल अवार्ड २०१८ रहेको छ । डा. मूर्तिले अवार्डले आगामी दिनमा अझ अनुसन्धानमूलक लेखहरु लेख्न आफूलाई जिम्मेवार बनाएको संक्षिप्त प्रतिक्रिया दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार