Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेद चिकित्सामा बढ्याे आकर्षण

आयुर्वेद चिकित्सामा बढ्याे आकर्षण

दाङ : कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा चहलपहल बढ्न थालेको छ। अहिले यहाँ दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

चिकित्सालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. रामकामेश्वर ठाकुरले बताए। ‘डेढ वर्षअघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’, उनले भने, ‘तर नयाँ सेवा शुरु गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।’

अहिले क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवा थप गर्नुका साथै विगतका सेवालाई पनि प्रभावकारी बनाएपछि सेवाग्राही बढेको उनको भनाइ छ। अहिले डोल्पा, सल्यान, रुकुम, रोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्जलगायतबाट पनि उपचारका लागि आउने गरेको उनले बताए।

दरबन्दीअनुसार चिकित्सक नहुँदा ठाकुर एक्लैले बिरामी जाँच गर्दै आएका छन्। आगामी वैशाख २६ गतेसम्म क्षारसूत्र सेवा लिने बिरामीको नाम दर्ता गरिसकिएको उनले बताए। चिकित्सालयमा विशेषज्ञ चिकित्सक उनी मात्रै हुन्’, उनले भने, ‘म एक्लै बिहान ७ देखि राति अबेरसम्म बिरामी जाँच गर्छु’, उनले भने, ‘एक्लैले धेरै बिरामीलाई सेवा दिन भने समस्या भएको छ।’

अन्य स्वास्थ्य संस्थाभन्दा चिकित्सालयमा सस्तो मूल्यमा क्षारसूत्र सेवा प्रदान गरिँदै आएको डा ठाकुरले बताए। अन्य निजी स्वास्थ्य संस्थामा क्षारसूत्र सेवा लिन  १० हजार रूपैयाँभन्दा बढी लाग्ने भए पनि चिकित्सालयमा दुई हजार रुपैयाँ मात्रै लाग्ने उनले जानकारी दिए। चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायतका रोग निदान गर्दै आएको छ।

चिकित्सालयमा अहिले ३० शय्या भए पनि यसलाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने लक्ष्य रहेको डा. ठाकुरले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि