नेपालमा मानसिक समस्या बढ्दाे
काठमाडाैं : नेपालमा मानसिक समस्या बढ्दै गएको एक सर्वेक्षणले देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक नमुना सर्वेक्षणले उक्त तथ्य बाहिर ल्याएको हो। यस्तै राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्व, गरिबी, प्राकृतिक प्रकोप आदिले नेपालीमा मानसिक समस्या बढाउन सक्ने देखाएकाे छ।
नेपालमा राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणको आवश्यकता महसुस गरी शुरुमा नमुना सर्वेक्षण गरिएको थियो। यो नमुना सर्वेक्षणको मुख्य उद्देश्य राष्ट्रियस्तरको सर्वेक्षणको सम्भाव्यता अध्ययन गर्ने थियो।
सर्वेक्षणमा धनुषा,भक्तपुर र दोलखामा १३ वर्ष भन्दामाथि उमेर समूहका १ हजार ६४७ जनालाई सहभागी गराइएको थियो।
तीमध्ये १ हजार ३७१ वयस्क र २७६ किशोरकिशोरी जनासँग अन्तरवार्ता लिँदा १३.२ प्रतिशत वयस्क र ११.२ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो। यसमध्ये वयस्कमा लागुपदार्थको लत, डिप्रेसन, आत्तिने रोग बढी देखिएको छ।
दुवै समूहमा आत्महत्या प्रवृत्तिको समस्या धेरै देखिएकाे छ। वयस्कमा १०.९ प्रतिशत र किशोरकिशाेरीमा ८.७ प्रतिशत देखिएकाे छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’