सरकारलाई चिकित्सक संघकाे ७२ घण्टे अल्टिमेटम
काठमाडौं : नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरूको माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। बिहीबार बसेको संघको बैठकले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान निकाल्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो।
‘अन्यथा, चिकित्सकहरूको माग र संवेदनशीलतालाई बेवास्ता गर्दै चिकित्सकहरुको मान मर्यादालाई अवमूल्यन गरिएको खण्डमा नेपाल चिकित्सक संघ सशक्त विरोधका कार्यक्रमहरु देशभर सञ्चालन गर्न बाध्य हुने व्यहोरा समेत जानकारी गराइन्छ’,विज्ञप्तिमा भनिएको छ।
संघले सशक्त विरोधका कार्यक्रमहरूका लागि तयारी अवस्थामा बस्नसमेत अनुरोध गरेको छ। ‘संघबाट घोषणा गरिने आन्दोलनका कार्यक्रमहरुबाट स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुनेछ’, महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण