समायोजनका कारण भेरी अस्पताल नर्सविहीन जस्तै बन्दै
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव देखिन थालेको छ ।
यस अघि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि अन्यत्र परेकाले स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको हो । ।
भेरी अस्पताल कार्यरतमध्ये ३५ कर्मचारी प्रदेशमा समायोजन गरिएका छन् जसअन्तर्गत २७ स्टाफ नर्समध्ये दुई नर्सिङ अधिकृतसहित आठ संघमा परेका छन् । अरू १९ जना प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले जानकारी दिए ।
बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीनजस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारीले जानकारी दिए । अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले शय्या थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अवस्थामा समायोजनका नाममा भएका कर्मचारी पनि प्रदेशमा पठाउँदा अस्पताल नर्स तथा ल्याव कर्मचारीविहीन झै हुनपुगेको उनले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा रहेको ४३ नर्सको दरबन्दीमा अहिले करीब २६ नियमित सेवामै थिए । केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा छन् । भएका नर्समध्ये मन्त्रालयले अहिले १६ बढीलाई प्रदेशमा पठाएको छ, उनले भने, “अब हामीसँग आठ मात्रै नर्स संघमा छन्। गुणस्तरीय सेवा प्रवाह गर्न कठिन भइरहेको छ । रासस




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य