हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारी पदबाट बर्खास्त
काठमाडौं: हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीलाई पदबाट बर्खास्त गरिएको छ । बुधबार बसेको संघको केन्द्रिय समितिको बैठकबाट अधिकारीलाई सर्वसम्मतीले पदबाट बर्खास्त गर्ने निर्णय गरिएको विज्ञप्ति जारी गर्दै जनाइएको छ ।
सामान्य मन्त्रालयले हेल्थ असिस्टेन्टको समायोजन सूची सार्वजनिक गरेको भोलिपल्टै बुधबार बसेको केन्द्रीय समितिको बैठकले अधिकारीमाथि विभिन्न ९ आरोप लगाउँदै उनलाई पदबाट बर्खास्त गर्ने निर्णय बहुमतबाट पारित गरेको हो ।
विज्ञप्तिमा कर्मचारीको पेसागत हकहितका लागि स्थापित संस्थामा अध्यक्ष अधिकारीले राजनीति गरेको आरोप केन्द्रीय समितिले लगाएको छ । अधिकारीले हेल्थ असिस्टेन्टहरुलाई मर्का पर्ने गरी समायोजन सूची सार्वजनिक भएको अवस्थामा पनि कुनै निर्णायक भूमिका निर्वाह नगरेको समेत वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । उता अधिकारीले भने आफूमाथि षडयन्त्र भएको दावी गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?