जेरियाट्रिक वार्डको अवस्थाबारे अनुगमन गर्न सुझाव
काठमाडौं : अस्पतालहरुमा रहेका जेरियाट्रिक वार्डहरुको अवस्था र सुधार सम्बन्धमा विज्ञसहित राष्ट्रिय मानव अधिकार आयोगद्धारा अनुगमन गरिनुपर्ने सुझाव दिइएको छ ।
चिकित्साशास्त्र र नर्सिङ्ग विषयको पाठ्यक्रममा जेष्ठ नागरिकको स्वास्थ्यसम्बन्धी उपचार तथा हेरचाह विधिमा समावेश गरिनुपर्ने पाठ्यसामग्री सम्बन्धमा आयोगद्धारा बुधवार राजधानीमा आयोजित छलफलमा सो सुझाव दिइएको हो ।
जेष्ठ नागरिक हेरचाह केन्द्रहरुको अनुगमन मापदण्ड बनाइनुपर्ने, विशेषज्ञ स्वास्थ्यकर्मीहरुको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा तथा तालीमको व्यवस्था हुनुपर्ने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा अस्पतालमा साधनस्रोत र जनशक्तियुक्त जेरियाट्रिक वार्ड सञ्चालन हुनुपर्ने सम्बन्धमा आयोगले गरेका सिफारिस कार्यान्वयनमा पहल गर्नुपर्ने सुझाव जेरियाट्रिक विज्ञहरूले दिएका छन् ।
सो अवसरमा आयोगका अध्यक्ष अनूपराज शर्माले मानव अधिकारको विषय स्वास्थ्य, खाद्य र खानेपानीमा मात्र सिमित नभएर बहुआयामिक तथा व्यापक रहेको बताए । शर्माले देशभर रहेका वृद्धाश्रम तथा जेष्ठ नागरिक हेरचाह केन्द्रहरुको अनुगमन गरी आयोगले जेष्ठ नागरिकहरुका लागि जेरियाट्रिक अस्पताल स्थापनालगायतका अन्य विषयहरुमा प्रतिवेदनमार्फत नेपाल सरकारलाई सिफारिस गरिसकेको जानकारी गराए ।
आयोगले जेष्ठ नागरिकको स्वास्थ्यको अधिकारको सहज उपभोगका लागि गर्ने कार्यका सम्बन्धमा आयोगलाई परामर्श तथा सहयोग गर्न आयोगका पूर्व सदस्य डा. गौरीशंकर लाल दासको संयोजकत्वमा सात सदस्यहरु रहेको जेरियाट्रिक विज्ञ समूह यस अघि गठन गरिसकेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’