फाउण्डेशन फर नेशनल केयर अफ चिल्ड्रेन नेपाल गठन, अध्यक्षमा सुवेदी
काठमाडौं : बाल स्वास्थ्यमा कार्यरत स्वास्थ्यकर्मीहरुले नयाँ संस्था गठन गरेका छन्। उनीहरुले फाउण्डेशन फर नेशनल केयर अफ चिल्ड्रेन–नेपालको गठन गरेका हुन्। लामो समयदेखि छलफल चल्दै आएपनि संस्थाले अहिले आएर मुर्त रुप लिएको हो।
फाउन्डेशनको अध्यक्षमा बाल स्वास्थ्य नर्स सुरक्षा सुवेदी चयन भएकी छिन । यसैगरी उपाध्यक्षमा डा.कमला थापा, सचिवमा पुष्पा ढकाल, कोषाध्यक्षमा सरस पौडेल र सदस्यहरुमा विमल बराल र रन्जीता लामा रहेका छन्। ६ सदस्यीय संस्थाले नेपालका विभिन्न स्थानमा गई बालबालिका सम्बन्धी जनचेतामूलक कार्यक्रमहरु संचालन गर्ने अध्यक्ष सुवेदीले बताइन ।
।
‘बालबकालिकाको हेरचाह सबैका लागि सबै ठाउँमा ‘भन्ने उद्धेश्यका साथ बालबालिकाको स्वास्थ्य तथा अन्य क्षेत्रमा काम गरी उनीहरुकाे वृद्धि र विकासमा सहयोग गर्न संस्था गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?