रिसर्च नै गर्दैनन् अधिकांश स्वास्थ्यका रिसर्च सेन्टरहरू
काठमाडाैं : नेपालमा स्वास्थ्यमा अनुसन्धान गर्नका लागि खोलिएका अधिंकांस रिसर्च सेन्टरले कुनै पनि अनुसन्धान नै नगरेको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको सर्वेको नतिजाले उक्त कुरा बताएको हो । परिषदले कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा ३ सय ७० वटा स्वास्थ्यका अनुसन्धान केन्द्र दर्ता भएका तर ८१ वटा मात्र सन्चालनमा रहेको जनाएको छ । सन्चालित मध्ये पनि ५० प्रतिशत काडमाडौंमा रहेकाे पनि सर्वेमा उल्लेख छ ।
८१ मध्ये ११ वटा केन्द्रबाट कुनै पनि प्रकारको जानकारी उपलब्ध नै नभएको परिषदका अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले जानकारी दिए । जानकारी गराएका ७० मध्ये पनि जम्मा २१ वटा केन्द्रले मात्र अनुसन्धान गरेको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद नेपालमा स्वास्थ्य अनुसन्धान केन्द्रका नाममा खोलिएका संंस्थाहरुको नियमित निरीक्षण र समन्वय गर्ने आधिकारिक निकाय हो । कुनै पनि स्वास्थ्य अनुसन्धान केन्द्रका नामले खोलिएका स्वास्थ्य केन्द्रले वर्षमा २ वटा अनुसन्धान कार्य गरेको हुनुपर्छ र त्यसको रिपोर्ट परिषदमा बुझाउनुपर्छ । त्यसाे नगरे रिसर्च सेन्टर भन्ने हटाउनुपर्ने नियम छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?