तुलसीपुरमा अत्याधुनिक प्रयाेगशाला बन्ने
लमही : दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ। प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरिद कार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए।
उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आयोजना गरेको ‘स्वास्थ्यमा सबैका लागि सर्वव्यापी पहुँच’का लागि ‘स्वास्थ्य प्रवर्धनमा मेरो वर्ष, मेरो अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।
करिब तीन करोड लागतमा प्रविधिमैत्री प्रयोशाला सञ्चालन हुन लागेको उनले बताए। ‘हामीले तुलसीपुरलाई नेपालकै स्वास्थ्य नगरका रूपमा परिचित बनाउने योजना बनाएका छौँ’, उनले भने, ‘स्मार्ट ल्याब शुरु हुनेबित्तिकै अत्याधुनिक परीक्षण तुलसीपुरमै हुन्छ।’
साथै बिरामीका लागि ‘स्मार्ट हेल्थ कार्ड’ ल्याउने योजना रहेको बताइएको छ। उक्त कार्डमार्फत जुनकुनै अस्पतालमा बिरामी गएर उपचार गराए पनि त्यसको विगत उपचार तथा रोगको बारेमा जानकारी हुने बताइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’