सरकारी चिकित्सकहरुकाे आन्दोलन आज पनि जारी, बिरामी मर्कामा
काठमाडौं: कर्मचारी समायोजनमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले आन्दोलन जारी राखेका छन्।
आन्दोलनको अगुवाई गरेको सरकारी चिकित्सक संघले आइतबार पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न आफ्ना सदस्यहरुलाई आव्हान गर्यो । गत शुक्रबारदेखि आन्दोलन शुरु गरेका चिकित्सकहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र आकस्मिक बाहेकको सेवा नदिने बताएका छन्। उता चिकित्सकहरुले सेवा बहिष्कार गरेपछि टाढा टाढाबाट सेवा लिन आउने बिरामीहरु मर्कामा परेको गुनासो आउन थालेको छ ।
चिकित्सकहरुलाई संघ अन्तरगर्त राखेर प्रदेश एवम स्थानीय लेबलमा समायोजन गरिनुपर्ने माग राखेर स्वास्थ्य मन्त्रालयसँग सोही बहोजिम सहमति समेत भइसेकेको बेलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यस विपरित सूची सार्वजनिक गरेपछि उनीहरु थप आक्रोसित भएका हुन्।
सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले आफूहरु सरकारले पठाएको स्थानमा जान तयार भएको भन्दै तर मात्रै संघ अन्तर्गत राखेर पठाओस भन्ने माग रहेको बताए । प्रदेशमा गइसकेपछि संघमा आउनै नपाइने प्रावधानका कारण चिकित्सकको वृत्तिविकास, पढाई सबै रोकिन्छ भनेर हामीले यसो भनेका हौं । स्थानीयमा तहमा जान्न भनेका होइनौं , उनले भने ।
उनले आन्दोलन अन्तिम विकल्प भएकाले यसतर्फ गएको भन्दै बिरामीलाई परेको मर्काको जिम्मा सरकाले लिनुपर्ने बताए । उनले भने , यो वातावरण सरकारले सिर्जना गरेको हो त्यसैले जिम्मेवारी पनि सरकारले नै लिनुपर्छ । उनले समस्या समाधानकाे लागि अहिलेसम्म स्वास्थ्य मन्त्रालयले कुनै पनि पहल नगरेकाे समेत गुनासाे गरे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’