भरतपुरमा कानु समाजकाे रक्तदान
काठमाडौं : बारा र पर्सामा हावाहुरीकाे प्रकाेपसँगै देखिएकाे रगत अभावलाई मध्यनजर गर्दै चितवनमा रक्तदान कार्यक्रम गरिएको छ। कानु समाज चितवनको आयोजनामा शुक्रबार शहीदचोकमा कार्यक्रम गरिएको हाे।
‘रक्तदान गर्न हुँदैन’ भन्ने मधेसी समुदायमा रहेको भ्रम चिर्न कार्यक्रम गरिएको समाजका सचिव रञ्जन साहले बताए। ‘मधेसी समुदायमा रक्तदान खासै गर्ने चलन नै छैन’,उनले भने, ‘देशलाई संकट परेका बेला हामीले पनि सहयोग गर्न खोजेका हौँ।’
भरतपुर महानगरपालिका ३ का अध्यक्ष चन्द्रमित्र पण्डितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कानु समाज चितवनका अध्यक्ष राजकुमार साह लगायत विभिन्न संस्थाका प्रतिनिधि सहभागी थिए। कार्यक्रममा १८ महिला सहित १ सय १५ जनाले रक्तदान गरेको बताइएको छ। रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र क्षेत्रिय कार्यालय चितवनले प्राविधिक सहयोग गरेको थियो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य