भाेलिपल्टै ताेडियाे स्वास्थ्य क्षेत्रमा हडताल गर्न नपाइने सरकारकाे निर्णय
काठमाडौं : बिहीबार मात्रै सरकारले अत्यावश्यकीय सेवामा बन्द हडताल गर्न नपाइने निर्णय गर्यो। बन्द हडताल गर्न बन्देज लगाइएका अत्यावश्यकीय सेवामध्ये स्वास्थ्य क्षेत्र पनि थियो।
सरकारको घोषणा गरेको २४ घण्टा पनि नबित्दै सरकारी चिकित्सकहरूले शुक्रबार सरकारी चिकित्सकले अस्पतालमा हडताल शुरु गरेका छन्।
चिकित्सकको समायोजन सम्बन्धमा सरकारले विवादास्पद निर्णय गरेको भन्दै असन्तुष्ट सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बहिष्कार गरी हडताल गरेका छन्। अस्पतालको सेवा अवरुद्ध हुँदा सर्वसाधारणा मर्कामा परेका छन्।
मन्त्रिपरिषद्काे निर्णयअनुसार टेलिफोन, जल, स्थल वा हवाइ यातायात, रेलमार्ग, सञ्चार क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, पेट्रोलियम पदार्थ, एलपी ग्यास, अस्पताल, एम्बुलेन्स, औषधि उत्पादन फोहोरमैला व्यवस्थापन, विद्युत्, दैनिक खाद्यवस्तु, बैंक बीमालगायतका क्षेत्रमा हडताल गर्न पाइँदैन।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य