भक्तपुरमा बर्डफ्लु भेटियाे, तीन हजार कुखुरा नष्ट
भक्तपुर : बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ।
फार्ममा २८ हप्ता पुगेका कुखरामा एच् वान् एन् वान् बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोगविज्ञ डा. चन्द्र ढकालले जानकारी दिए।
बर्डफ्लु भएको पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।
उपभोक्ताले भने यस वर्ष पनि विभिन्न ठाउँका कुखुरा फार्ममा मरेका कुखुरालाई राति गाड्ने र जिउँदो कुखुरालाई बजारमा बिक्री गरेको गुनासो आएको बताएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?