प्रदेशका मन्त्री भन्छन्, ‘जनकपुर चुरोट कारखाना कुनै पनि हालतमा खुल्दैन’
जनस्वास्थ्यमा गम्भीर असर पार्ने वस्तु उत्पादन गर्ने कारखाना खाेल्न दिइँदैन : मन्त्री साह
जनकपुरधाम : प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जनकपुर चुरोट कारखाना कुनै पनि हालतमा खुल्न नदिने प्रतिबद्धता जनाएका छन्। मन्त्री साहले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न प्रदेश २ कटिबद्ध भएर लाग्ने भन्दै बन्द भइसकेकाे र जनस्वास्थ्यमा गम्भीर असर पार्ने वस्तु उत्पादन गर्ने चुराेट कारखाना पुन: खाेल्न नरहेकाे बताए।
बिहीबार जनकपुरमा स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले गरेको सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय तथा प्रदेश सरकारको भूमिका विषयक कार्यक्रममा मन्त्री शाहले प्रदेश २ मा गुटखा खैनी लगायतका सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न अभियान चाल्नुपर्ने बताए।
‘सुर्तीजन्य पदार्थकाे प्रयाेग पढेलेखेकैले बढी गर्छन्’, उनले भने, ‘सुर्तीजन्य पदार्थको किनबेचमा नियन्त्रण गर्ने कानुन आइसेको अवस्थामा स्थानीय तहसम्म यससम्बन्धी जनचेतना पर्याउन पहल गर्ने समेत बताए ।
कार्यक्रममा प्रदेश २ का मुख्य सचिव दिपक सुवेदीले नेपालको सुर्ती सम्बन्धी कानुन उत्कृष्ट भए पनि कार्यान्वयनको पाटो फितलो भएको बताए। ‘कानुन आइसकेपछि सबैले मान्नु कर्तव्य हो। कानुन आएपछि केही सुधार पक्कै भएका छन्’, उनले भने, ‘सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न हातेमालो गर्दै अघि बढौँ।’
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अधिकारीले सुर्तीजन्य पदार्थ नियन्त्रणमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए। जनकपुरधान उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सिता परियारले सुर्तीजन्य पदार्थ नियन्त्रणको शुरुवात आफ्नै कार्यलयबाट गरेको दाबी गरिन्। ‘सबै स्थानीय तहलाइ ‘स्मोक फ्री’ बनाउनेतर्फ लाग्छाैँ’, उनले भनिन्।
प्रदेश सभा सदस्यद्वय चमेली दास र प्रमिलादेवी दासले युवाहरु बढी यसमा लागेको भन्दै सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अत्यन्त जरुरी भएको बताएका थिए ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णदत्त पौडेलले सुर्तीजन्य पदार्थबाट हुने रोग र विश्वको अवस्थाका बारेमा प्रस्तुति दिएका थिए भने यसको कानुनी व्यवस्थाको वारेमा स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्कर नेपालले व्याख्या गरेका थिए।
एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले विश्वमा सुतीजन्य पदार्थ नियन्त्रण सम्बन्धी व्यवस्था केके छन भन्ने विषयमा धारणा राखेका थिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’