ट्रमा सेन्टरमा अत्याधुनिक सेवासहितको एम्बुलेन्स
काठमाडौं : सञ्चालन भएको तीन वर्षपछि राष्ट्रिय ट्रमा सेन्टरमा अत्याधुनिक सेवासहितको एम्बुलेन्स ल्याइएको छ।
वीर अस्पतालले खरिद गरेको तीन वटा अत्याधुनिक सेवा सहितको एम्बुलेन्समध्ये एउटा ट्रमा सेन्टरलाई प्रदान गरिएको हो।
सेन्टरमा यसअघि अक्सिजन मात्रै जोडिएको सामान्य एम्बुलेन्स सञ्चालन हुँदै आइरहेको थियो।
एम्बुलेन्समा दुईवटा अक्सिजनको सिलिण्डर,सक्सर, आगो निभाउने मेसिन, भेन्टिलेटर, स्ट्रेचर, व्हिलचियर, वासिङ, ड्रेसिङलगायतका सुविधा रहेका छन्। इण्डियन फोर्सको नयाँ एम्बुलेन्समा सामान्य अप्रेसन गर्न मिल्ने सुविधा जोडिएको छ।
सो एम्बुलेन्समा हेल्थ असिसटेन्ट अनिवार्य बस्नु पर्ने छ भने बिरामी लिनको लागि धेरै पटक डाक्टर आफैँ पनि एम्बुलेन्समा गइसकेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?