सरकारी चिकित्सकले शुक्रबारदेखि पुनः आन्दोलन गर्ने
काठमाडौं : कर्मचारी समायोजनको विरोधमा देशभरका सरकारी चिकित्सककले शुक्रबारदेखि पुनः आन्दोलन थाल्ने भएका छन्।
बुधबार बैठक बसी सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो।
बैठकमा सहभागी अधिकांश चिकित्सकले प्रधानमन्त्रीले गरेको प्रतिबद्धता समेत पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले छलफलमा सहभागी भएका चिकित्सकको सुझावअनुसार शुक्रबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय भएको बताए।
माग पूरा नभए सबै चिकित्सकले सामूहिक राजीनामा दिने उनकाे भनाइ छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य