काठमाडाैंमा बिहीबारदेखि न्यूरोसर्जरीसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडाैं : काठमाडाैंमा बिहीबारदेखि न्यूरोसर्जरीसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। शुक्रबार कार्यक्रम गरी सम्मेलनबारे जानकारी दिइएकाे हाे।
१२ देशका १५० भन्दा बढी न्युरोसर्जन सहभागी हुने सम्मेलनमा न्यूरोसर्जरीसम्बन्धी १० विदेशी र चार नेपाली विधाका कार्यपत्रमा छलफल हुने कार्यतालिका छ।
विदेशी न्यूरोसर्जरवाट ज्ञान हासिल गर्ने र विदेशी विज्ञलाई नेपालको न्यूरोसर्जरीको अवस्थाबारे जानकारी दिने उद्देश्यले सम्मेलन गर्न लागेको न्यूरोसर्जन समाजका अध्यक्ष प्रा.डा. मोहनराज शर्माले जानकारी दिए।
सम्मेलनमा स्वदेश तथा विदेशमा न्यूरोसर्जरीसम्बन्धी तालिम लिइरहेका तथा हालसालै तालिम सकेका युवा न्यूरोसर्जनलाई अवार्ड पनि वितरण गरिने जनाएको छ। सम्मेलन शनिबार सम्पन्न हुनेछ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?