अल्सरबाट बच्न अपनाउनुस् यी उपाय
हाम्रो पेटमा भएको एसिड अर्थात् अम्लले खाना पचाउन सहयोग पुर्याउँछ। तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुन्छ। कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउसमेत हुन्छ। यसैलाई अल्सर भनिन्छ।
अव्यवस्थित खानपानका कारण पहिले ग्यास्ट्रिक र पछि अल्सरको समस्या हुन्छ । त्यसैले खानपानमा विशेष ध्यान पुर्याउन आवश्यक छ। सकभर पेट खाली राख्नुहुँदैन।
बढी चिल्लो, अमिलो, पिरो खानुहुँदैन। सकभर जंकफुड खानुहुँदैन। धूमपान, मद्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहनुपर्छ।
पेनकिलर र बाथरोगको औषधिको नियमित सेवनबाट पनि अल्सर हुन्छ। यसकारण सकेसम्म यस्ता औषधि सेवन नगर्ने वा कम गर्ने । अल्सर गराउने किटाणुको संक्रमणबाट बच्नुपर्छ। खानामा जथाभावी मसला, रङयुक्त खानेकाुरा खानुहुँदैन।
सागसब्जी, फलफूल, नरम खानेकुरा र पानी प्रशस्त मात्रामा सेवन गर्ने गरे अल्सरबाट बच्न सकिन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?