डाक्टर गोविन्द केसी पुगे बाराको हावाहुरी प्रभावित क्षेत्रमा
काठमाडौं: त्रिवि शिक्षण अस्पताल महाराजगंजका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी बाराको हावाहुरी प्रभावित क्षेत्र पुगेका छन् ।
डा. केसी औषधि सहित सोमबार राति त्यसतर्फ गएका हुन्। डा.केसीले बाराको सबैभन्दा प्रभावित क्षेत्र फेटामा गई बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन्।
आइतबार साँझ एक्कासी गएको विनासकारी हावाहुरीका कारण बारा र पर्सामा २७ (स्वास्थ्य मन्त्रालयका अनुसार) जनाको मृत्यु भएको छ । उक्त घटनामा परी १ हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?