Health TV Online
Health TV Online
Health TV Online

अटिजम भएका आदेश र अलिसाले जिते ओलम्पिक

अटिजम भएका आदेश र अलिसाले जिते ओलम्पिक

काठमाडौं : अटिजम भएका बालबालिकाले केही पनि गर्न सक्दैनन् भन्ने भ्रम चिर्दै  विशेष स्कुल तथा पुनस्थापना केन्द्र (एसएसडीआरसी )मा अध्ययनरत आदेशराज काफ्ले र अलिसा न्यौपानेले ओलिम्पिक खेल जितेका छन्।

गत  मार्च महिनामा आबुधाबी, दुबईमा ९५ देश सहभागी खेलमा आदेशले फुटसल फुटबलमा  रजत पदक प्राप्त गरे भने अलिसा न्यौपानेले लङ जम्पमा कास्य पदक हात पारिन्।

विश्व अटिजम दिवसको अवसर पारेर एसएसडीआरसीले आयोजना गरेकाे कार्यक्रममा संस्थाकी अध्यक्ष सविता उप्रेतीले अवसर पाए अटिजम भएका बालबालिकाले पनि देशको नाम उच्च राख्नसक्ने भन्दै उनीहरूलाई विशेष खालको शिक्षा दिनुपर्ने बताइन्। उनले जनचेतनाको अभावका कारण अटिजमको पहिचान गर्न समस्या हुने गरेको समेत बताइ्न।  अटिजम रोग नभई एक प्रकारको विशेष अवस्था भएको भन्ने कुरा सबैले बुझ्न आवश्यक भएको समेत उनले जिकीर गरिन।

रजत पदक प्राप्त गरेका अटिजम  बालक आदेशले आफूहरूलाई कठै भनेर  दया हैन मौका दिनुपर्ने बताए । शिक्षा र उचित अवसर पाएमा अरुसरह अघि बढ्नसक्ने उनको भनाइ छ।  कार्यक्रममा अटिजमबारे सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै  हेल्थ टिभी अनलाइनकी प्रधान सम्पादक कल्पना आचार्य लगायत विभिन्न सञ्चारमाध्यम, सञ्चारकर्मी  एवं संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो।

नेपालमा एकीन तथ्यांक नभए पनि तीन लाखको हाराहारीमा अटिजम भएका ब्यक्ति रहेकाे अनुमान गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार