हावाहुरी प्रभावित घाइतेकाे अवस्था बुझ्न स्वास्थ्यसचिव चौधरी नेतृत्वको टोली नारायणी उपक्षेत्रीय अस्पतालमा
काठमाडौं : हावाहुरीमा परी घाइते भएकाहरूको उपचारको अवस्थाको अनुगमन गर्न स्वास्थ्य सचिव डा.पुष्पा चौधरीनेतृत्वको टोली नारायणी उपक्षेत्रीय अस्पताल बारा पुगेको छ।
घाइतेहरूको अवस्थाबारे बुझ्न डा. चौधरीसहित डा. निलम खड्का, डा. सुवास कर्ण र डा. रविराम श्रेष्ठको टोली बारा पुगेको हो। टोलीले बिरामीको निरीक्षण गर्नुका साथै अस्पतालका निर्देशक, स्वास्थ्यकर्मीलगायतसँग छलफल गरेको छ।
‘रोग फैलिन नदिनका लागि सतर्कता अपनाउन स्वच्छ खानेपानी, औषधि, खानालगायतका प्रबन्धबारे बुझ्न हामी यहाँ आएका हौँ’, सचिव डा. चौधरीले भनिन्, ‘मुख्य प्राथमिकता भनेको महामारी फैलिन नदिनु नै हो। यसतर्फ ध्यान दिन चिकित्सकहरूलाई निर्देशन दिएका छौँ।’
तत्कालको उपचारमा कुनै कसर बाँकी नरहेको र घाइते बिरामीका लागि औषधि पर्याप्त मात्रामा रहेको उनले बताइन्।
आइतबार बेलुकीको हावाहुरीबाट घाइते भएकाहरूको उपचार बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते नौ जनाको उपचार काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।
यसैबीच स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी हावाहुरीका कारण बारा र पर्सामा २७ जनाकाे मृत्यु भएकाे जानकारी दिएकाे छ। यस्तै १०४४ जना घाइतेकाे आकस्मिक रूपमा उद्धार गरिएकाे र २३ जनाकाे उपचार विभिन्न अस्पतालमा भइरहेकाे जनाइएकाे छ।
यसमध्ये गम्भीर सातजनाकाे उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेकाे मन्त्रालयले जनाएकाे छ। घाइतेहरूकाे उद्धारका लागि नेपाली सेनाकाे एक टाेली र नेपाल प्रहरीकाे दुइ टाेली खटिएकाे बताइएकाे छ।
बिरामीकाे उपचारका लागि चितवन मेडिकल कलेजकाे एक टाेली, जनकपुर क्षेत्रीय अस्पताल तथा हेटाैँडा अस्पतालकाे टाेलीले घटनास्थल पुगी उपचारमा खटिएकाे मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’