बन्दै सामुदायिक प्राकृतिक चिकित्सालय भवन
चितवन : नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको भवन बन्ने भएको छ। गण्डकी प्रदेश सरकारको एक करोड सहयोगमा भवन निर्माणको काम अघि बढेको हो।
चिकित्सालयमा शय्या क्षमता बढे पनि उपचार कक्ष साँघुरो हुँदा समस्या हुँदै आएको थियो। दुई तला र त्यसमाथि टस राखिने भवनमा ४० कोठा रहने छन्। भवन निर्माण सक्न नाैे करोड रकम खर्च लाग्ने व्यवस्थापक हरि सापकोटाले जानकारी दिए।
चिकित्सालयमा ल्याइएका आधुनिक उपचार उपकरणहरूबाट सेवा प्रदान गर्न थालिएको छ । गत वर्ष नेपाल सरकारबाट प्राप्त ४० लाख अनुदान रकमबाट किनिएका आधुनिक उपचार उपकरणबाट सेवा दिन थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिए ।
चिकित्सालयले पेट सफा गर्ने कोलन हाइड्रोथेरापी, अण्डर वाटर मसाजर, ज्याबुजी, हट बाथ, आम बाथका आधुनिक उपकरण जडान गरी सञ्चालनमा ल्याएको छ। आधुनिक उपचार उपकरणहरूका साथै बिरामीहरूको अवस्था हेरी परम्परागत उपचार पद्धतिलाई पनि सँगसँगै अघि बढाउने चिकित्सालयका डा. विनोद पौडेलले बताए ।
चिकित्सालयमा २०० जनाले एकैपटक योग गर्न मिल्ने वातानुकुलित हल निर्माण गरिने भएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’