Health TV Online
Health TV Online
Health TV Online

चितवनमा रगत अभाव

चितवनमा रगत अभाव

चितवन : जिल्लामा रगतको अभाव देखिएको छ। क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार मौसममा आएको परिवर्तन, एसइई परीक्षा, कलेजमा हुने वार्षिक परीक्षालगायतका कारण रगतको अभाव देखिएको हो।

जिल्लामा दैनिक करिब १०० युनिट रगतको माग भए पनि पूर्ति गर्न नसकिएको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिए। दैनिकरूपमा सरदर ५०\६० युनिट मात्र रगत सङ्कलन भएको उनले बताए। यो समयमा अस्पतालमा बिरामीको चाप बढ्ने हुँदा रगतको माग बढी हुन्छ भने रक्तदान कम हुन्छ। केन्द्रसँग समन्वय गरेर जिल्लाका ३०० भन्दा बढी संघ संस्थाले हरेक वर्ष रक्तदान गर्दै आएका छन्।

केन्द्रले नवलपरासी, मकवानपुर, रौतहट, सर्लाही, धादिङ, गोरखा, तनहुँ र लम्जुङ पुगेर रेडक्रससँग समन्वय गरी रगत सङ्कलन गर्छ। रगतको अभाव भएपछि अति आवश्यक पर्नेहरुले आफैँले रक्तदाता खोजेर रगत पूर्ति गरिरहेका छन् भने स्वयंसेवकले समेत सहयोग गरिरहेको केन्द्रले जनाएको छ।

जिल्लामा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बढी रगत आवश्यक पर्छ भने यहाँका ठूला दुई मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र निजी अस्पतालमा पनि पछिल्लो समय हुने गरेका शल्यक्रियाका कारण माग बढ्दो छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार