एम्बुलेन्स लिन्छन् मनपरी भाडा
खलङ्गा : स्थानीय बासिन्दाले जुम्लाको पातारासी गाउँपालिकाको एम्बुलेन्सले मनपरी भाडा लिने गरेको गुनासो गरेका छन्।
गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरूले गुनासो गरेका हुन्। एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म व्यक्तिपिच्छे फरकफरक भाडा लिएको स्थानीय दिजराज रेउलेले बताए।
‘अस्पताल पुगेपछि कति भाडा दिएका थियौ भनी मैले मेरा गाउँका शुकबहादुर रावतलाई सोधेँ’,उनले भने, ‘ उनले एक हजार ५०० रुपैयाँ दिएको बताए, मैले दुई हजार तिरेँ।’ जनताको सेवाका लागि ल्याइएको एम्बुलेन्सले एकै ठाउँबाट फरकफरक भाडा असुल्दा यहाँका स्थानीयवासी मारमा परेको रेउलेले बताए।
भाडामा एकरूपता कायम गर्न गाउँपालिकालाई आग्रह गरेका छन्। गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले ठाउँअनुसारको निश्चित भाडा तोकिएको बताए। तोकिएभन्दा बढी भाडा असुलेको पाएमा कारवाही गर्ने उनले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?