Health TV Online
Health TV Online
Health TV Online

हावाहुरी प्रभावित क्षेत्रमा राेग फैलिन नदिन विशेष पहल गरिरहेका छाैँ : प्रवक्ता

हावाहुरी प्रभावित क्षेत्रमा राेग फैलिन नदिन विशेष पहल गरिरहेका छाैँ : प्रवक्ता

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्साकाे हावाहुरी प्रभावित क्षेत्रमा राेग फैलिन नदिन विशेष सतर्कता अपनाएकाे बताएको छ।

संक्रमण फैलिन नदिने पहलस्वरूप इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णलगायत विशेषज्ञ टोली प्रभावित क्षेत्रमा गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।

घटनास्थलमा संक्रमण फैलिन नदिन, पीडितका लागि स्वस्थ खाना र पानीको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयसँग समेत सहकार्य गरिरहेको उनले बताए। मन्त्रालयका सचिव चन्द्र घिमिरे सहितको टोली घटनास्थलमा पुगिसकेको श्रेष्ठले जानकारी दिए।

घाइतेहरूकाे स्थानीय नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेज, तराई अस्पताल वीरगञ्ज, कलैया अस्पताल, एडभान्स अस्पताल, गण्डकी अस्पताल, वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ।  यसैगरी ६ जनाकाे उपचार काठमाडाैं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भइरहेकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार