हावाहुरी प्रभावित क्षेत्रमा औषधि पुर्याउँदै एपोन
काठमाडौं : नेपाल औषधि उत्पादक संघ ‘एपोन’ले हावाहुरी प्रभावित बारा–पर्सामा रेडक्रस र मेडिकल एसोसिएसनसँगकाे सहकार्यमा औषधि उपलब्ध गराएकाे छ ।
वीरगञ्जमा भएका उद्योगबाट सोमबार बिहानबाट औषधि संकलन गरी उपलब्ध गराइएको र अन्य भागका उद्योगबाट औषधि संकलन भइरहेकाे संघका केन्द्रीय सदस्य विप्लव अधिकारीले बताए ।
‘विपतका वेला जसले जे सक्छ त्यही गर्ने हो’, उनले भने, ‘हामी घाइतेलाई अत्यावश्यक पर्ने औषधि उपलब्ध गराउँदैछौँ।’
केही औषधि घटनास्थलमा पुगिसकेको र अन्य कम्पनीबाट औषधि आउने क्रम जारी रहेको पनि अधिकारीले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?