Health TV Online
Health TV Online
Health TV Online

बर्डफ्लुको आशंकामा चल्ला नियन्त्रण

बर्डफ्लुको आशंकामा चल्ला नियन्त्रण

गोरखा : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा सदरमुकाम भित्र्याउँदै गरिएका सात हजारभन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ।

गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा आइतबार क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा. बज्रकिशोर ठाकुरले जानकारी दिए।

सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट चार हजार १५० र छोप्राक लैजान लागिएका एउटा गाडीबाट तीन हजार दुई सय कुखुराका चल्ला नियन्त्रणमा लिएको उनले बताए।

नियन्त्रणमा लिइएका चल्लाको नमुना परीक्षणपछि बर्डफ्लु भएको पुष्टि भए सुरक्षित ठाउँमा लगेर भए नष्ट गरिने उनले बताए। पछिल्लो पटक चितवनसहित मकवानपुरलगायत जिल्लामा बर्डफ्लु भेटिएको पुष्टि भएपछि गोरखामा बर्डफ्लु भित्रन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार