‘पर्सामा रगत अभाव छैन’
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा केन्द्र पर्सामा रगत अभाव नभएको प्रष्ट पारेको छ। केन्द्रका इञ्चार्ज सौरभराज पाण्डेले रगत अभाव नभएको बताएका हुन्।
हाल केन्द्रमा सबै समूह गरी ४०० युनिट रगत मौज्दात रहेको उनले बताए।
आकस्मिक अवस्थाका कारण घाइतेहरूको अवस्था पहिचान र रगतको आवश्यकता यकिन गर्न नसकिने उनले बताए।रक्तदानका लागि तयार रहन पाण्डेले स्वयंसेवी रक्तदाताहरूलाई आग्रह गरेका छन्।
बारा र पर्सामा आइतबार रातिको हावाहुरीका कारण घाइतेहरूको संख्या बढिरहेका कारण रगत अभाव हुनसक्ने आशंकाबीच केन्द्र यस्तो सूचना जारी गरेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण