Health TV Online
Health TV Online
Health TV Online

दाङको लमहीमा ट्रमा सेन्टर स्थापना हुने

दाङको लमहीमा ट्रमा सेन्टर स्थापना हुने

नारायणपुर : प्रदेश ५ स्तरीय ट्रमा सेन्टर दाङको लमहीमा स्थापना हुने भएको छ। पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना बढी हुने भएकाले त्यसलाई मध्यनजर गरी ट्रमा सेन्टरको स्थापना गर्न थालिएको प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिए।

दाङ देउखुरी क्षेत्रमा दैनिक सडक दुर्घटना हुने घाइतेलाई उपचारका लागि नेपालगञ्ज वा बुटवल लैजानुपर्ने बाध्यता छ। ट्रमा सेन्टरका लागि स्थानीय तहले नेतृत्व लिन आवश्यक रहेको भन्दै प्रदेश र सङ्घीय सरकारले सहयोग गर्ने अर्का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए।

लमहीमा रहेको कृषि उपज बजार केन्द्रको जग्गा नै ट्रमा सेन्टरका लागि उपयुक्त हुने बताइएको छ। राजमार्गसँग जोडिएको जग्गा भएकाले पनि हाल उद्यमशील सहकारीले भोग चलन गर्दै आइरहेको जग्गा नै ट्रमा सेन्टरका लागि उपयुक्त हुने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिए।

ट्रमा सेन्टरको लागि कम्तीमा पनि एक बिघा जग्गा आवश्यक पर्ने उक्त स्थानको जग्गा उपयुक्त रहेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार