घाइते ६ जनाकाे उपचार शिक्षण अस्पताल महाराजगञ्जमा हुँदै, दुईजनाको अवस्था गम्भीर
काठमाडौं : बारा र पर्सामा हावाहुरीका कारण घाइते भएकामध्ये ६ जनालाई उपाचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याइएको छ।
उपचारका लागि ल्याइएको ६ मध्ये दुईजनाको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशक प्रा. डा. प्रेम खड्गाले बताए। उनले भने,चारजनाकाे अवस्था धेरै चिन्ताजनक छैन् तर दुइ जना भने गम्भीर हुनुहुन्छ, हामीले उपचार शुरू गरिसकेका छाैं।
नेपाली सेनाको स्काई ट्रक विमानले बारा–पर्सा हावाहुरीमा घाइते ६ जनालाई काठमाडौं ल्याएको हो ।
अन्य घाइते पनि काठमाडौं ल्याउन पहल गरिरहेको नेपाली सेनाले जनाएको छ। गृहमन्त्रालयको समन्वयमा उद्धार गरी बिरामी ल्याउने काम भइरहेको सेनाको भनाइ छ।
अन्य घाइतेहरूको उपचार पर्साको वीरगञ्जस्थितनारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताललगायतका अस्पतालमा भइरहेको जनाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण