काठमाडाैंबाट विशेषज्ञ चिकित्सककाे टाेली बारा–पर्सा जाँदै, औषधिलगायत सामग्री पठाइयाे
काठमाडौं : स्वास्थ्य मन्त्रालयले हावाहुरी प्रभावित बारा र पर्सामा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ।
विशेषज्ञ चिकित्सकलगायतको टोली तयारी अवस्थामा रहेको र आवश्यक परे तत्काल त्यसतर्फ जाने स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले बताइन्।
औषधि र अन्य अत्यावश्यक सामग्री भने पठाइसकिएकाे उनले जानकारी दिइन्। आइतबार राति हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ भने सयाैँ घाइते भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?