हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने
घाइते भएकाहरूको उपचार खर्च पनि व्यहोर्ने
काठमाडाैं : बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु भएका परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
सोमबार बिहान प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रूपमा तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हाे।
हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। उपचारका क्रममा थप केही घाइतेको समेत मृत्यु भएको छ।
कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन्। सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरू रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन्।
प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरूको बासस्थानका लागि पहल गर्ने निर्णय गरेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’