किस्ट मेडिकलकाे अनियमितता संसदीय समितिले छानबिन गर्ने
काठमाडौं : किस्ट मेडिकल कलेज प्रशासनले गरेको भनिएको अनियमितताबारे संसदीय शिक्षा तथा स्वास्थ्य समितिले छानबिन गर्ने भएको छ ।
आइतबार बसेको समिति बैठकले उपसमिति बनाएरै छानविन गर्ने निर्णय गरेको हो। ‘अर्को बैठकमा उपसमिति गठन गरेर कलेजमा भएको भनिएको अनियमितताकारे विस्तृत अध्ययन र छानविन गर्ने सभापति जयपुरी घर्तीले बताइन् ।
त्यसअघि अधिकांश समितिका सदस्यहरूले उपसमिति वा कार्यदल बनाएर अनियमितता छानबिन गर्नुपर्ने माग गरेका थिए। किष्ट मेडिकल कलेज प्रशासनले परीक्षामा चरम लापरवाही गरेको भन्ने विषय सार्वजनिक भएपछि शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालको नेतृत्वमा गठित छानबिन समितिले कलेजमा अनियमितता भएको निष्कर्ष निकालेको छ।
कजेल प्रशासनले नै विभिन्न शीर्षकमा एक लाख बढी शुल्क लिएको स्वीकार गरेको भए पनि विद्यार्थी र अभिभावका अनुसार त्यो भन्दा बढी रहेको पाइएको लम्सालले समितिलाई जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?