गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्यालकाे खाेजी तीव्र
काठमाडौं : गण्डकी मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष खुमा अर्याललाई पक्राउ गर्न कास्की प्रहरी काठमाडौं आएको छ। विद्यार्थीसँग नियमविपरीत लाखौँ रकम असुलेको आरोप लागेका अर्यालसँगै नौ जनालाई पक्राउ गर्न कास्की प्रहरीको टोली यहाँ आएको हो।
कास्की प्रहरीले केही दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई बी) पत्र लेखेरै खुमा लगायतका अन्य नौ जनालाई पक्राउ गर्न सहयोग गर्न आग्रह गरेको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले पनि उनीहरूलाई पक्राउ गर्नका लागि टोली परिचालन गरिसकेको जनाएको छ।
खुमा अर्याल लगायतलाई नियन्त्रणमा लिनका लागि कास्की प्रहरी प्रमुख एसपी ओम राना सहितको टोली पनि काठमाडौंमा रहेको स्रोतले जनाएकाे छ।
मेडिकल कलेजका विद्यार्थीले अत्यधिक रकम असुलेपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्यालसहित ११ जनाविरुद्ध उजुरी दर्ता गरेका थिए। ११ जना मध्ये कजेलका कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरिसकेको छ।
५० करोड ठगेको आरोप नर्सिङ र एमबीबीएस अध्ययनरत ५४ जना विद्यार्थीले कास्की प्रहरीमा ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता गराएपछि कास्की प्रहरीले अनुसन्धान अघि बढाएको थियाे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण