‘क्षयराेग नियन्त्रणमा हामी कहाँ चुक्यौँ भन्ने समीक्षा गर्ने वेला आएको छ’
भक्तपुर : स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले देशमा क्षयरोगीको संख्या वार्षिक रूपमा बढ्दै गएको सन्दर्भमा हामी कहाँ चुक्यौँ भन्ने समीक्षा गर्ने वेला आएको बताएका छन्।
विश्व क्षयरोग दिवसको अवसरमा भक्तपुरको मध्यपुर ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री यादवले बिरामीलाई उपचारका लागि अस्पतालमा ल्याउनै समस्या भएको बताए।
‘अब क्षयरोगबाट कसैको मृत्यु हुन नदिन सबैको पहल आवश्यक छ’, उनले भने, ‘सरकारले व्यापकरूपमा जनचेतना जगाउने कार्यक्रम ल्याउनेछ।’
दूर दराजका गाउँहरूमा रोग लागेको थाहा नहुने, भइहाले पनि ढिलो उपचार गर्न आउने र कतिपय त उपचारका लागि नै नआउने कारण क्षयरोगका रोगी बढिरहेको उनले बताए। मन्त्री यादवले केन्द्रमा मात्र नभई अब प्रदेश प्रदेशमा एडभान्स ट्रिटमेन्ट सेन्टर रिसर्च सेन्टर बनाउनुपर्ने बताए।
देश संघीय संरचनामा गइसकेकाले स्थानीय सकरकारको पहलमा गाउँगाउँमा जाँच गर्ने व्यवस्था मिलाउनुपर्छ’, उनले भने, ‘समयमै उपचार गराउने र रोगमुक्त भएकालाई परिवारमा पुनः स्थापना गर्न पहल सरकारले पहल गर्नेछ।
क्षयरोग उपचारको क्षेत्रमा योगदान पुर्याएको भन्दै कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले चिकित्सक तथा कर्मचारीलाई सम्मान गरेका थिए।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’