सर्वाेच्च अदालतमा शिशु स्याहार केन्द्र
काठमाडौं : सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा पहिलो पटक स्थापना गरिएको शिशु स्याहार केन्द्र उद्घाटन गरे।
सर्वोच्च अदालतका महिला कर्मचारीहरूलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरूको अधिकार हनन् हुन नदिने मुख्य उद्देश्यका साथ शिशु स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत अञ्जना सिम्खडा पुडासैनीले जानकारी दिइन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा स्थापना गरिएको शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीहरूको शिशुहरूको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ।
कार्यालयका काम गर्ने उचित वातावरण निर्माण गर्न पनि कर्मचारीहरूका शिशुहरूकाे स्याहारका लागि केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?