स्वास्थ्यकर्मीदेखि सञ्चारकर्मीसम्मलाई ‘स्वास्थ्य दर्पण’ सम्मान
काठमाडौं : स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित स्वास्थ्य दर्पण टेलिभिजन कार्यक्रमको सातौँ वार्षिकोत्सवको अवसरमा चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य पत्रकारलाई सम्मान गरेको छ। स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै नेटवर्कले उनीहरूलाई स्वास्थ्य दर्पण हेल्थ अवार्ड प्रदान गरेको हो।
अवार्ड पाउने चिकित्सकतर्फ प्रदेश १ बाट डा. सञ्जीवकुमार शर्मा, २ बाट डा. श्यामसुन्दर दास र ३ बाट डा. मदनकुमार पिया छन्। गण्डकी प्रदेशबाट प्रा.डा. श्यामराज जोशी, प्रदेश ५ बाट प्रा.डा. भरतबहादुर खत्रीले सम्मान पाएका छन्। अवार्ड पाउनेमा कर्णाली प्रदेशबाट डा. सुरेश कनोडिया र सुदूरपश्चिम प्रदेशबाट डा. निरेश थापा र डा चन्द्रप्रकाश पाण्डे छन्।
यसैगरी युवा चिकित्सकमा साइराम डेन्टल केयर भरतपुरका डेन्टल सर्जन डा. अजय न्यौपाने पनि सम्मानित भए। यसैगरी स्वास्थ्यकर्मी विधामा कृष्णप्रसाद रिजाल, गोविन्द नेपालले अवार्ड हात पारे।
स्वास्थ्य संस्थातर्फ ललितपुरस्थित नेपाल क्यानन्सर अस्पताललाई सम्मान गरिएको छ।
स्वास्थ्य पत्रकारिता विधातर्फ हेल्थ टिभी अनलाइनकी प्रधानसम्पादक कल्पना आचार्य, अतुल मिश्र, दिपक दाहाल, पदमराज जोशी र उद्धव भेटवालले सम्मान पाए।
कार्यक्रममा नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले स्वास्थ्य विधामा कलम चलाउने सञ्चारकमीले गाउँगाउँ पुगेर जनस्वास्थ्य समस्या उजागर गर्नुपर्ने बताए। कार्यक्रमका अन्य वक्ताहरूले जनचेतनामूलक कार्यक्रममार्फत जनस्वास्थ्यमा सुधार ल्याउन सञ्चारकमीको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथि कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले लेखेको स्वास्थ्य दर्पण विशेष नामक पुस्तक विमोचन समेत गरे।
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा. वंशीधर मिश्र, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डीन प्रा.डा. जगदीशप्रसाद अग्रवाल, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल लगायतको उपस्थिति थियो।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण