नेपालमा थपिन्छन् बर्सेनि ४५ हजार क्षयरोगका बिरामी
काठमाडौं : नेपालमा प्रत्येक वर्ष ४५ हजारभन्दा बढी क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन्। त्यसमध्ये १३ हजारको हाराहारीमा क्षयरोगी उपचारमा नआएको एक तथ्यांकले देखाएको छ।
विश्व क्षयरोग दिवसको सेरोफेरो पारेर काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भीमसिंह टिंकरीले उपचारमा नआएका क्षयरोगीहरूको उपचार चुनौतीका रूपमा रहेको बताए। ‘सरकारले क्षयरोगको औषधि निःशुल्क गरेको छ। तर बिरामीहरू प्राइभेट अस्पतालमा उपचार गराइरहेका छन्’, उनले भने, ‘यो नै हाम्रो लागि चुनौती हो।’
नेपालमा नयाँ र पुराना गरी ६० हजार भन्दा बढी क्षयरोगी रहेको आँकलन गरिएको छ। सरकारले सन् २०३० सम्म क्षयरोग नेपालबाट निवारण गर्ने लक्ष्य लिएको छ। नेपालमा हाल निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान तथा उपचार गराउनेको संख्या करिब २० प्रतिशत रहेको अनुमान छ।
हरेक वर्ष मार्च महिनाको २४ तारिखमा विश्व क्षयरोग दिवस मनाइन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?