एसईई दिने छात्रालाई प्रश्नपत्रसँगै सेनिटरी प्याड
पोखरा : गण्डकी प्रदेश सरकारले एसईईमा सहभागी हुने छात्रालाई लक्ष्य गरी सेनेटरी प्याड वितरण गर्ने भएको छ। सरकार गठन भएपछि पहिलो पटक प्रदेशका एसईई परीक्षा केन्द्रहरूमा सेनेटरी प्याड पुर्याइएको हो।
गण्डकी प्रदेशको ११ मध्ये ९ वटा जिल्लामा सरकारले प्याड उपलब्ध गराउन बजेट पठाएको हो। मुस्ताङमा दुई वर्षअघि देखि नै गैरसरकारी संस्थाको सहयोगमा परीक्षामा प्याडको व्यवस्था मिलाएको छ।
मनाङमा समस्या नहुने देखेपछि प्याड नपठाइएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यार्थीको संख्या हेरेर सरकारले रकम पठाएको सामाजिक विकास मन्त्रालय गण्डकीकी सामाजिक विकास महाशाखा प्रमुख तुलसा अर्यालले बताइन्।
यो वर्ष गण्डकी प्रदेशका ११ जिल्लामा २१७ वटा परीक्षा केन्द्रबाट ४८ हजार १४६ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन्। ५४ प्रतिशत छात्रा छन् भने ४६ प्रतिशत छात्र छन्। छात्रामध्ये १५ प्रतिशतलाई लक्षित गरि सेनेटरी प्याड वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य