बर्डफ्लुबाट जाेगिन अपनाउनुस् यी उपाय
काठमाडौं : मकवानपुरलगायत जिल्लाका कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि सर्वसाधारण त्रासमा छन्। महामारी फैलिएर मानिसको ज्यान समेत लिनसक्ने यो रोग चराबाट मानिसमा सर्छ।
कुखुरा मानिसको प्रत्यक्ष सम्पर्कमा आउने घरेलु पक्षी भएकाले सतर्क रहनु आवश्य हुन्छ।
कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिले सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
माक्स लगाएर मात्रै खोरमा जाने, कुखुरा बेच्न राखिएका ठाउँमा जाँदा पनि माक्स लगाएर मात्रै जाने गर्नुपर्छ।
कुखुरा र त्यसबाट उत्पादित मासु अण्डालगायत वस्तु बेच्न बसेका व्यक्तिहरूले पनि अनिवार्यरूपमा मास्क र पञ्जा लगाउनु पर्छ।
खोरका कुखुरा मर्न थाले अथवा बिरामी पर्न थाले भने चाँडै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ।
बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउनुहाेस्।
पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, घरमा पालेको पक्षीको भाँडाकुँडा दिनहुँ सफा गर्नुहाेस्।
कुखुराको मासु एक सय डिग्री तापक्रममा पकाएर र अण्डा राम्रोसँग उमालेर मात्रै खाने गर्नुहाेस्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण