चेपाङ बालबालिकामा कुपोषण
चितवन ः इच्छाकामना गाउँपालिका–१ थाप्राङकी चेपाङ बस्तीमा बाल मृत्युदर बढ्दो छ। यसको प्रमुख कारण कुपोषण हो।
भूबनोट र खाने बानीमा भएको समस्याका कारण बाल मृत्युदर बढेको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर खड्काले बताए। उनका अनुसार कुपोषणको मुख्य दोष गरीबी नै हो । ‘गरीबीका कारण पेटभरि खान पाउने अवस्था छैन, एउटै घरमा आठ\दश सन्तान समेत हुन्छन्। अनि कसरी पोषिलो खाना खान पाउनु?’
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेल समग्र जिल्लाको तथ्याङ्कअनुसार चार बालबालिका मध्ये एक जनालाई कुपोषण हुने गरेको बताउँछन्। ‘कुपोषण भएपछि रोगसँग लड्ने क्षमता घट्छ’, उनले भने।
पोषिलो खानेकुरा, सहजरूपमा स्वस्थ्य उपचार नपाएकै कारण बालबालिका कुपोषणको सिकार भएको उनको भनाइ छ। गाउँको खाना पोषिलोभन्दा पनि छाक टार्नकै समस्या रहेको पौडेलले बताए।
नेपालको पोषणसम्बन्धी राष्ट्रिय नीतिले सन् २०२५ सम्म नेपालमा कुपोषणको दर शून्यमा झार्ने भन्दै सरकारी तथा गैरसरकारी तबरबाट विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिए पनि चितवनको पहाडी चेपाङ गाउँका बालबालिकाको अवस्थाले राष्ट्रिय लक्ष्य पूरा गर्न निकै चुनौती हुने सरोकारवालाको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण