स्वास्थ्य शिविरमा ६८० जनाले लिए सेवा
ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका ७ विगुटारमा आयोजित बृहत् स्वास्थ्य शिविरमा ६८० सर्वसाधारणले सेवा लिएका छन्।
बिगुटार विकास फाउण्डेशन र नेपाल मेडिकल कलेज (शिक्षण अस्पताल) जोरपाटी काठमाडौंको संयुक्त सहकार्यमा आयोजित दुई दिने शिविरमा नेत्ररोग, डेण्टल, जनरल सेवा, मधुमेह तथा रक्तचाप र सामान्य शल्यक्रिया सेवा उपलब्ध गराइएको थियो।
शिविरमा वरिष्ठ चिकित्सक डा.उर्मिला भारती, डा. प्रकाश पौडेललगायत अन्य १६ वरिष्ठ चिकित्सकले सेवा प्रदान गरे। शिविरमा ३० वर्षदेखि उपचार गर्न नसकेका ६८ वर्षीय मित्रलाल दाहालको दाहिने हातको कुमको पछाडिको भागमा पलाएको झण्डै एक केजीको मासुको ठूलो डल्लोको सफल शल्यक्रिया गरिएको छ।
विगुटार विकास फाउण्डेशनका अध्यक्ष गिरीराज दाहालका अनुसार, ५५ वर्षीया ल्हामु शेर्पा एक वर्षअघि घाँस काट्ने क्रममा रुखबाट लडी भुइँमा बजारिँदा मलद्वार नजिकै बिझेको छड्के पनि निकालिएको छ। शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियो।
पाठेघरको शल्यक्रिया गर्नुपर्ने गरी पहिचान भएका पाँचजना बिमारीका लागि थप केही प्रक्रियापछि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा एकजना कुरुवाको खर्च र औधषीसहित निःशुल्क शल्यक्रिया गरिने व्यवस्था रहेको अध्यक्ष दाहालले जानकारी दिए।
सो शिविरमा स्वास्थ्य परीक्षण गर्ने नागरिकलाई नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गर्दा छुटको व्यवस्था गरिएको अस्पतालका उपनिर्देशक डा.प्रकाश पौडेलले बताए। कार्यक्रममा शिविर व्यवस्थापन समिति संयोजक यादव कोइरालाले विभिन्न विद्यालयलाई डेढ लाख रुपियाँ अक्षय कोष स्थापनका लागि हस्तान्तरण गरे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’