Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य शिविरमा ६८० जनाले लिए सेवा

स्वास्थ्य शिविरमा ६८० जनाले लिए सेवा

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका ७ विगुटारमा आयोजित बृहत् स्वास्थ्य शिविरमा ६८० सर्वसाधारणले सेवा लिएका छन्।

बिगुटार विकास फाउण्डेशन र नेपाल मेडिकल कलेज (शिक्षण अस्पताल) जोरपाटी काठमाडौंको संयुक्त सहकार्यमा आयोजित दुई दिने शिविरमा नेत्ररोग, डेण्टल, जनरल सेवा, मधुमेह तथा रक्तचाप र सामान्य शल्यक्रिया सेवा उपलब्ध गराइएको थियो।

शिविरमा वरिष्ठ चिकित्सक डा.उर्मिला भारती, डा. प्रकाश पौडेललगायत अन्य १६ वरिष्ठ चिकित्सकले सेवा प्रदान गरे। शिविरमा ३० वर्षदेखि उपचार गर्न नसकेका ६८ वर्षीय मित्रलाल दाहालको दाहिने हातको कुमको पछाडिको भागमा पलाएको झण्डै एक केजीको मासुको ठूलो डल्लोको सफल शल्यक्रिया गरिएको छ।

विगुटार विकास फाउण्डेशनका अध्यक्ष गिरीराज दाहालका अनुसार, ५५ वर्षीया ल्हामु शेर्पा एक वर्षअघि घाँस काट्ने क्रममा रुखबाट लडी भुइँमा बजारिँदा मलद्वार नजिकै बिझेको छड्के पनि निकालिएको छ। शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियो।

पाठेघरको शल्यक्रिया गर्नुपर्ने गरी पहिचान भएका पाँचजना बिमारीका लागि थप केही प्रक्रियापछि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा एकजना कुरुवाको खर्च र औधषीसहित निःशुल्क शल्यक्रिया गरिने व्यवस्था रहेको अध्यक्ष दाहालले जानकारी दिए।

सो शिविरमा स्वास्थ्य परीक्षण गर्ने नागरिकलाई नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गर्दा छुटको व्यवस्था गरिएको अस्पतालका उपनिर्देशक डा.प्रकाश पौडेलले बताए। कार्यक्रममा शिविर व्यवस्थापन समिति संयोजक यादव कोइरालाले विभिन्न विद्यालयलाई डेढ लाख रुपियाँ अक्षय कोष स्थापनका लागि हस्तान्तरण गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन