Health TV Online
Health TV Online

कास्कीमा पनि बर्डफ्लु

कास्कीमा पनि बर्डफ्लु

पोखरा : कास्कीको मादी गाउँपालिका–३, याङ्जाकोटमा कुखुरामा बर्डफ्लु भेटिएको छ। स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लु भेटिएको भेटेरेनरी अस्पताल पोखराका पशु चिकित्सक सहदेव पौडेलले जानकारी दिए।

सङ्क्रमित क्षेत्रलाई हाल चार किल्ला कायम गरिएको र त्यहाँ रहेका कुखुरा, चल्ला एवं पक्षीजन्य पदार्थ पूर्णरूपमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न रोक लगाइएको र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन