चैतभित्र थप पाँच जिल्लामा स्वास्थ्य बिमा
काठमाडौं सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ ।
स्वास्थ्य बिमा बोर्डले चैत मसान्तभित्र ती जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको हो। ती जिल्लामा स्वास्थ्य बिमा कार्याक्रम लागू भएको घोषणा हुनुपूर्वका दर्ता, तालिम एवं स्वास्थ्य सेवा प्रदायक संस्थासँगको आवश्यक गृहकार्य पूरा भएको बोर्डले जनाएको छ।
अब नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने जिल्लाको सङ्ख्या ४७ पुगेको छ। हालैमात्र धनुषा, सिराहा, स्याङ्जा, बाँके, दार्चुला र कञ्चनपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो।
बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार बोर्डले सबै जिल्लामा कार्यक्रम कार्यान्वयनमा ल्याउन कार्ययोजनासहित काम अगाडि बढाएको छ।
गत वर्ष सो कार्यक्रम ३६ जिल्लामा कार्यान्वयनमा आएका थिए। तर स्वास्थ्य सेवाको पहुँच, गुणस्तर बिमितले भनेको समयमा उपलब्ध हुन नसकेका कारणले स्वास्थ्य बीमा कार्यक्रममा उल्लेखनीय सुधार आउन सकिरहेको छैन।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?